September 19, 2024, 12:15 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

सर्पको उद्धारमा जुटिन् सबिता (फोटोसहित)

माघ ८, २०७७ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

सर्प नाम सुन्ने बित्तिकै जो कोहीको पनि आङ सिरिङ हुने गर्छ । तर पोखरामा एक युवती सर्पको उद्दारमा जुटेकी छिन् ।

बागलुङ घर भई अध्ययनको लागि पोखरा बसोबास गर्दै आएकी सबिता आचार्यले मानवीय अतिक्रमणको चपेटामा परेर लोप हुँदै गएका दुर्लभ जातका सर्प उद्दार गर्न थालेकी हुन् । धामन सर्प हेर्दा ठुलो देखिए पनि अबिशालु सर्पको रुपमा चिन्ने गरिन्छ। धेरै जस्तो धान राख्ने ठाउँ भकारी, घरको कुनामा भेटिने यो सर्प नेपालको बिभिन्न भूभागमा पाउने गरिन्छ।   

नेपालमा एकातिर सर्पलाई भगवानको रुपमा हेरिन्छ भने अर्को तिर सर्प देख्ने बित्तिक्कै मार्ने चलन पनि रहेको छ।  सर्पलाई देख्ने बित्तिक्कै मार्ने हैन अब सर्पलाई हामी सबैले सोच परिवर्तन गरेर सर्पको उद्दार गर्नुपर्ने सबिता बताउछिन्।

`सर्पले हाम्रो वरिपरी रहेको वातावरण लाई स्वच्छ राख्न र वातावरणमा  भएको नकारात्मक किरणहरुलाई हटाउन सर्पले मद्दत गर्ने गर्छ। किरा फट्यांग्रा , मुसा खाएर बाँच्ने सर्पलाई अब सबैले जोगाउनु पर्ने र अब कोहि पनि सर्प भन्ने बित्तिक्कै डराउनु पर्दैन,´ उनले भनिन् ।

मान्छेरुले कुकुर, बिरालो लगाएत सबैलाई माया मानेर राख्छन त्यस्तै मानिसले सर्पलाई आफ्नो साथी बनाउन नसकेको भन्दै दुखेसो पोखिन् । `यो संसारमा सबैको बाच्न पाउने हक छ।  जसलाई हामीले नजिक बाट निहाल्छौ र माया दिनछौ त्यही कुरा नै हाम्रो लागि प्यारो लाग्ने त् हो नि,´ उनले अघि सुनाइन् ।त्यसैले सर्पलाई पनि आफ्नो प्यारो साथीी जस्तै बनाउने माया दिने यो अभियानमा जोडिन सबैलाई अनुरोध गर्दै  सविताले सबैलाई आफ्नी घरमा वा कतै सर्प देखेमा उद्दार टोलीलाई बोलाएर सबै यो महाअभियानमा जोडिन समेत  अनुरोध गरेकी छिन् ।   

प्रतिक्रिया