November 26, 2026, 9:01 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

कारवाहीको माग गर्दै मेलम्ची नगरपालिकाद्वारा प्रेस काउन्सिलमा उजुरी

असार १७, २०८२ मा प्रकाशित | ४२७०४ दर्शक तीव्रखबर

मेलम्ची, सिन्धुपाल्चोक – केही अनलाइन सञ्चारमाध्यमहरूले प्रकाशित गरेको भ्रामक र तथ्यहीन समाचारप्रति आपत्ति जनाउँदै मेलम्ची नगरपालिकाले प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दिएको छ। नगरपालिकाले जनप्रतिनिधिहरूमाथि नियोजित रूपमा चरित्र हत्या गर्ने प्रयास भएको दाबी गर्दै जिम्मेवार सञ्चारमाध्यम तथा पत्रकारविरुद्ध कारवाहीको माग गरेको हो ।

नगरप्रमुख आइतमान तामाङद्वारा हस्ताक्षरित पत्रमा महालेखा परीक्षकको कार्यालयबाट भएको लेखापरीक्षण प्रतिवेदनलाई तोडमोड गरी समाचार बनाइएको र त्यसले नगरपालिकाको छवि बदनाम गर्न खोजिएको उल्लेख छ। उनले यस्ता समाचारले जनमानसमा भ्रम सिर्जना गरेको र जनप्रतिनिधिको प्रतिष्ठामा आघात पु¥याएको गुनासो गरेका छन् ।

मेलम्ची नगरपालिकाले “वाग्मती भ्वाइस”, “नेपाली जनता” र “विमा पोष्ट” नामक अनलाइन सञ्चारमाध्यमहरूलाई औपचारिक रूपमा सचेत गराउँदै पत्रकारिताको आचारसंहिताअनुसार सत्य, तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।

नगरपालिकाको भनाइमा, सार्वजनिक सरोकारका विषयमा अतिरञ्जना, तोडमोड र पूर्वाग्रही शैलीमा लेखिएको सामग्रीले न केवल जनप्रतिनिधि र कर्मचारीको मनोबल घटाउँछ, बरु लोकतान्त्रिक निकायमाथिको विश्वासमा पनि आघात पुर्‍याउँछ।

प्रेस काउन्सिल नेपालमा दर्ता गरिएको उजुरीमा यस्ता अनलाइन पोर्टलहरूमाथि तत्काल छानबिन थाल्न, स्पष्टिकरण माग्न र आवश्यक कारवाही गर्न माग गरिएको छ । साथै पत्रकार आचारसंहिताको उल्लंघन गर्ने सञ्चारकर्मीहरूलाई अनुशासनमा ल्याउन आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

नगरपालिकाले यसअघि पनि नगरप्रमुखको सचिवालयमार्फत सम्बन्धित विषयमा जनतालाई यथार्थ विवरण जानकारी गराइसकेको र अब नियामक निकायको हस्तक्षेप आवश्यक भएको जनाएको छ । उक्त उजुरी र समाचारको सन्दर्भमा नेपाली जनता डटकमका सम्पादक यज्ञबहादुर ढकालसंग प्रतिकृया लिँदा महालेखाको प्रतिवेदनको आधारमा समाचार तयार पारिएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *