November 26, 2026, 12:36 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार

मंसिर १०, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ

आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ४.८८ प्रतिशतले बढेको छ भने लक्ष्मी उन्नति कोषको शेयर ४.२९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एलएस होराइजन १२ को शेयर ४.७६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालय उर्जा विकास कम्पनिको २४ करोड बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको २२ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *