तीव्रखबर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र सोही पार्टीकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी वैवाहिक जीवनमा प्रवेश गरेका छन्।
लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले औपचारिक रूपमा विवाहमा परिणत गरेका हुन्।
विराटनगरबाट जन्ती लिएर डा. ढकाल झापा प्रस्थान गरेका थिए। उनीहरूको यस विवाह समारोहमा परिवारका सदस्यहरू, नजिकका आफन्तहरूका साथै रास्वपाका विभिन्न नेता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
राजनीतिक सहयात्रीसमेत रहेका यो जोडीको विवाहलाई पार्टी वृत्तमा निकै चासो र शुभकामनाका साथ हेरिएको छ।
प्रतिक्रिया