कन्सल्टेन्सीको अवैधधन्दा : सरकारी छापदेखि विद्यार्थीको विवरण समेत किर्ते

- May 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । देशमा बढ्दो शैक्षिक बेरोजगारीका कारण अहिले अधिकाशं विद्यार्थीहरु विदेश जाने र पढ्दै काम गर्दै जीविका चलाउने भनी भौतारिएको फाईदा देशभर खुलेका कन्सल्टेन्सीहरुले लिदै आएका छन् । विदेशमा अध्ययनकालागि सहज रुपमा पठाई दिने भन्दै खुलेका कन्सल्टेन्सीहरुको असली धन्दा ठगी नै हुने गरेको पछिल्ला घटनाबाट खुलेको छ ।

कन्सल्टेन्सी सञ्चालन गरेर अहिले अधिकाशंले अनलाइनमार्फत अवैधधन्दा समेत चलाउदै आएको आरोप लागेको छ । केही कन्सल्टेन्सीहरुले सट्टाबाजीदेखि सरकारी छापासमेत नक्कली बनाएर काम गर्दै आएको बताइएको छ । यो अबैध कार्यमा गिरोहले कन्सल्टेन्सीमा आउने विद्यार्थीको नागरिकताको दुरुपयोग गरेर अवैध धन्दाका लागि सिम निकाल्ने गरि कम्पनी खोलेर कर छली गर्ने कार्य समेत गरेको पाइएको छ ।

यसरी अबैधधन्दा गरि रकम कमाउनेमा दमकस्थित पद्मा इन्टरनेसनल कन्सल्टेन्सी रहेको बताइएको छ । कन्सल्टेन्सीबाट नेपालमा प्रतिबन्धित अनलाइन सट्टाबाजी खेलाएर लाखौँको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट समेत खुलेको छ । कन्सल्टेन्सीमा आएका विद्यार्थीलाई आवश्यक पर्ने कागजात सरकारी छाप र दस्तखत किर्ते गरेर भ्रमामक कागजात देखाउदै मनलाग्दो रकम ठगी समेत गर्ने गरेको बताइएको छ ।

कन्सल्टेन्सी मार्फत विदेश पढ्न जाने विद्यार्थीसँग डकुमेन्ट लिने र त्यो डकुमेन्टको दुरुपयोग समेत गरिने गरेको छ । कन्सल्टेन्सीमा आउने विद्यार्थीका लागि सरकारी छाप किर्ते गरेर नक्कली कागजपत्रसमेत बनाउने गरेको प्रहरीले जनाएको छ । यस्तो अबैधधन्दा गर्नेमाथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धका कसुर र परिच्छेद २५ को लिखित सम्बन्धी कसुरमा कारबाही हुने उल्लेख छ ।

मुलुकी अपराध संहिताको दफा २७६ बमोजिम सरकारी र सार्वजनिक लिखत किर्ते गरेबापत सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने उल्लेख छ । यसरी सो अबैधधन्दा नै चलाएर बस्नेमा नेपालका नाम चलेको भनिएका एजुकेसन कन्सल्टेन्सीहरू नै रहेको अनुसन्धानबाट खुलेको छ । कन्सल्टेन्सीहरुले नेपाली नर्सिङ विद्यार्थीहरूलाई अस्ट्रेलिया पठाईदिने भन्दै ठगी र किर्ते काम गर्दैै अलपत्र पार्दै आएको बताइएको छ । उनीहरुले जनही २० देखि २५ लाख रुपैयाँ समेत असुली गर्ने गरेको पाईएको छ ।

कन्सल्टेन्सीहरूले विद्यार्थी अस्टे«लिया पठाए बापत केही रकम कमिसन आउने भन्दै विद्यार्थीहरूलाई झुटा सूचना समेत दिने गरेका छन् । दुई वर्षमै कोर्स पुरा हुने, एक वर्षको क्रेडिट पाउने देखी विश्वस्तरिय पूर्वाधार र जनशक्ति भएको कलेज भन्दै कन्सल्टेन्सीले विद्यार्थीलाई भ्रममा पारेर लाखौ रुपैयाँ असुली गर्ने गरेको आरोप समेत उनीहरुमाथी लागेको छ ।

अधिकाशं कन्सल्टेन्सीका सञ्चालकहरु शक्तिकेन्द्रको आँडमा सो अबैधधन्दा गर्दापनि कारबाहीको घेरामा परेका छैनन् । अर्कोतर्फ कन्सल्टेन्सी सञ्चालकको हातमा परिसकेको पैसा फिर्ता दिने पक्षमा समेत रहेका छैनन् । विद्यार्थीको भिसा नआएपनि रकम फिर्ता नगर्ने गरेका छन् ।

कन्सल्टेन्सीले सरकारलाई लामो समयदेखि झुक्याउदै आएको छ । यिनीहरुकै नक्कली डकुमेण्टका कारण विद्यार्थीहरुको विचल्ली भएको छ । कन्सल्टेन्सीका कारण वर्षेनि हजारौं विद्यार्थी र उनीहरुको परिवार पीडित बन्दै गएपनि सरकारले सो बारे कारबाही गर्नु पर्ने र नियमन गर्नु पर्ने पक्षमा कहिल्यै सोचेको समेत छैन् ।

र यो पनि…

कर छली गर्ने कन्सल्टेन्सीमाथी कस्ले कारवाही गर्ने ? (नाम सहित)

वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी

तस्करीमा संलग्न कन्सल्टेन्सीलाई कारबाही गर्न यूएईलाई सरकारको आग्रह

कन्सल्टेन्सी र जव सेन्टरको अबैधधन्दा : वैदेशिक रोजगारका नाममा ठगी

अष्ट्रेलियामा विद्यार्थीलाई विचल्ली बनाउने कन्सल्टेन्सीमाथी सरकारले कारबाही गरेन

अस्ट्रेलियामा विद्यार्थी बिचल्ली बनाउने कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर कप्तान खड्का !

कन्सल्टेन्सीको आड्मा बैदेशिक रोजगारको धन्दा : विज्ञापन नै प्रकाशनगरि करोडौ ठगी

मानव तस्करी गर्ने विभिन्न कन्सल्टेन्सीहरुमा प्रहरीको छापा

ब्रिजकोर्सको नाममा यसरी हुन्छ ठगी : विना स्वीकृति सञ्चालन भएका संस्थाको आफूखुसी शुल्क असुली

चर्चित कन्सलटेन्सीहरुको यस्तो कर्तुत, कर छलीमा सक्रिय

द नेक्स्टले छल्यो करोडौंको राजश्व : सिड्नीमा लुकाए- ‘ब्ल्याक मनी’

एजुकेशनका नाममा मानव तस्करी, नक्कली विवाहले यस्तो बिचल्ली

द नेक्स्टको यस्तो छ कर्तुतः अवैध रकम सिड्नीमा लुकाउँदै कर छलीमा सक्रिय


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!