चर्चित कन्सलटेन्सीहरुको यस्तो कर्तुत, कर छलीमा सक्रिय

- March 5, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शैक्षिक परामर्श प्रदान गर्ने नाममा अवैध तरिकाबाट मानव तस्करी, नक्कली कागजपत्रका आधारमा बैंक ग्यारेन्टी बनाउने तथा हुन्डीको कारोबार र कीर्ते धन्दा सञ्चालन गर्दै आएका ठूला कन्सलटेन्सीहरु पनि प्रहरीको निगरानीमा परेका छन् । शिक्षा मन्त्रालयमा दर्ता भएका त्यस्ता केही कन्सलटेन्सीहरुले पनि मेनपावरको जस्तै काम गर्दै आएको प्रहरी स्रोत बताउ“छ ।

इक्यानकै सदस्यहरुद्धारा सञ्चालित केही कन्सलटेन्सीहरुले अवैध धन्दा गरेको रेकर्ड मन्त्रालयले महाशाखालाई पठाइसकेको छ । त्यस्ता कन्सलटेन्सीहरुले नक्कली बैंक स्टेटमेन्ट बनाउने गरेकै कारण अष्ट्रेलियाले दुई वर्ष पहिले सयौं नेपाली विद्यार्थीको भिषा रद्द गरेर अलपत्र बनाएको थियो भने केही कन्सलटेन्सीलाई अष्ट्रेलियन दूताबासले शिक्षा मन्त्रालयलाई पत्र काटी कालो सूचिमा समेत राख्न लगाएको थियो ।

शिक्षा मन्त्रालयले निर्देशिका बनाए पनि व्यवसायीहरुबीचकै विवादका कारण त्यो लागू हुन सकेको छैन । विदेशमा पढ्न शैक्षिक परामर्श दिने र भाष पढाउने मात्र अनुमति पाएका कन्सलटेन्सीहरुले मेनपावरको जस्तो गरी विदेश पठाउने काम गरेको खुलेको छ । उनीहरुले विदेश जानलाई परामर्श दिने अनुमति मात्र सरकारबाट लिएका छन् ।

यता काठमाडौं महानगरपालिकाभित्र कार्यालय स्थापना गरी सञ्चालित दुई सय ५० भन्दा बढी एजुकेशन कन्सल्टेन्सीले स्थानीय निकायलाई बुझाउनु पर्ने कर नबुझाएको पाइएको छ । विदेशका निकायमा कहा“–कहा“ कर तिर्नुपर्दछ भन्नेबारेमा विद्यार्थीलाई प्रशिक्षण दिने यस्ता शैक्षिक परामर्श केन्द्रहरुले भने वर्षांै अघिदेखि स्थानीय स्वायत्त शासन ऐनअन्तर्गतको कर नबुझाई बसेका छन् । महानगरपालिकाका अनुसार महानगरपालिकाको क्षेत्रभित्र रहेका यस्ता कन्सल्टेन्सीले सञ्चालनमा आएदेखि नै कर बुझाएका छैनन् ।

पटक–पटक सार्वजनिक सूचनाबाट कर तिर्न आग्रह गर्दा पनि सयौं एजुकेशन कन्सल्टेन्सी कर नबुझाई अटेर गरी बसेका छन् । त्यस्ता कन्सल्टेन्सीहरुले आथिर्क वर्ष २०५५/०५६ देखि महानगरपालिकालाई कुनै कर बुझाएका छैनन् । एजुकेशन कन्सल्टेन्सीहरुले व्यवसाय कर, विज्ञापन कर, घरबहाल कर र आफ्नो घरजग्गा भएमा घरजग्गा कर समेत बुझाउनुपर्दछ । तर हाल सम्पूर्ण करदाताहरुको अपडेट डाटा तयार भइसकेको हु“दा कन्सलटेन्सीहरुलाई समस्या पर्ने संकेत देखिएके छ । कर नबुझाउने एजुकेशन कन्सल्टेन्सीहरुमा नाम चलेका धेरै छन् ।

अमेरिकन एजुकेशन कन्सल्टेन्सी, अप्सन एजुकेशन कन्सल्टेन्सी, रोयल एजुकेशन फाउण्डेसन प्रालि, युरो नेपाल एजुकेशन कन्सल्टेन्सी, एजुकेसन सभिर्सेज सेन्टर प्रालि, इन्फोम्याट«िक्स एजुकेसन एण्ड बिजनेस फाउण्डेसन प्रालि, आइन्स्टाइन एजुकेसन सेन्टर प्रालि, ग्लोबल एजुकेसन काउन्सेलिङ सेन्टर प्रालि, स्पिड इन्टरनेशनल प्रालि, युरो नेपाल एजुकेशन कन्सल्टेन्सी, पर्फेक्ट एजुकेसन कन्सल्टेन्सी प्रालि, काठमाडौं अल्फाबिटा इन्स्टिच्युट प्रालि, ओपेरा एजुकेशन कन्सल्टिङ प्रालि, द नेक्स्ट एजुकेशन कन्सल्टेनसी, नेपारु एजुकेशन कन्सलटेन्सी, एजुकेशन प्लानेट प्रालि, निर्भाना एजुकेशन कन्सलटेन्सीलगायत रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!