द नेक्स्टले छल्यो करोडौंको राजश्व : सिड्नीमा लुकाए- ‘ब्ल्याक मनी’

- March 2, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा 

काठमाडौं । विगत लामो समयदेखि विभिन्न मुलुकमा विद्यार्थीहरुहरुका साथै गैरकानुनी रुपमा रोजगारी भन्दै नेपाली युवाहरुलाई पठाउने धन्दामा सक्रिय रहेको द नेक्स्ट कन्सल्टेन्सीले यस विचमा करोडौको राजश्व छली गरेको बताइएको छ ।

विभिन्न नक्कली कागजात बनाएर होस्, वा विभिन्न मुलुकमा गैहकानुनी रुपमा मानव तस्करी धन्दामा संलग्न रहेर होस् द नेक्स्ट कन्सल्टेनीका संचालक शालिकराम भण्डारीले यसविचमा करोडौं रुपैयाँ राजश्व छलेको त्यही कार्यरत नाम बताउन नचाहने एक कर्मचारीले तीव्रखबरलाई बताएका छन् ।

द नेक्स्टले अष्टेलियालगायत विभिन्न मुलुकमा मानव तस्करी धन्दा जारी राखेको छ, राजश्व छली देखि अवैध रुपमा मानव तस्करी गरेर कमाएको उनका सम्पत्ति साथै पैसा ब्ल्याक मनी हुने भएपछि उनले पैसा समेत अष्टेलियाको सिड्नीस्थित एक बैंक खाता खोली लुकाएको बताइएको छ । उनले सो बैंकमा जम्मा गरेको रकम हुण्डि मार्फत त्यहाँ पुर्याइएको बताइन्छ । यसै विषमा संचालक भण्डारीसंग प्रतिकृया लिन सम्पर्क गर्दा सम्पर्क भएन् । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!