मानव तस्करी गर्ने विभिन्न कन्सल्टेन्सीहरुमा प्रहरीको छापा

- August 18, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विभिन्न देशमा श्रम रोजगार, भिजिट तथा स्टुडेण्ट भिषामा मानव तस्करी काम गर्दै आएका केही कन्सल्टेन्सीहरुमा काठमाडौं प्रहरीले छापा मारेको छ ।

तेस्रो मुलुकमा मानव तस्करी धन्दामा संलग्न भएको आशंका गर्दे कन्सल्टेन्सीहरुमा प्रहरीले छापा मारेको हो । साथै कन्सल्टेन्सीहरुले ठगी धन्दा गर्दे आएको जनगुनासो बढ्दै जान थालेको छ ।

पश्चिमि तथा अन्य विकसित मुलुकहरुमा पठाइदिन्छु भन्दै धेरै कन्सल्टेन्सीहरुले ठगी गर्ने गरेको घट्नाको चर्चा विगत लामो समयदेखि हुँदै आएको छ । बागबजार, पुतलीसडक, डिल्लीबजार लगाएतका स्थानमा रहेको धेरै कन्सल्टेन्सीहरुले अमेरिका, बेलायत, अस्टेलिया, जापान लगायतमा मुलुकमा पठाइदिन्छु भन्दै रकम अशुल गर्ने र सर्वसाधारणहरु ठगी गर्ने गरेको बेलाबखतमा सार्वजनिक हुँदै आएको थियो ।

प्रहरीले विदेश पठाउने वहानामा मानव तस्करी गरेको भन्दै उपत्यकामा रहेका १५ भन्दा बढी कन्सल्टेन्सीमा छापा मारेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!