February 24, 2025, 6:59 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

मंसिर ११, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं – मेडिकल व्यावसायीका रुपमा चिनिने दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए ।

सो निवेदनका आधारमा उनलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो । न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो । 

प्रतिक्रिया