February 24, 2025, 2:29 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा

फाल्गुन १२, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौँ । केपी ओली एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा केपी ओली एफसीले न्यूरोड टिमलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
केपी ओली एफसीले खेलको ६३ औ मिनेटमा सुरज ज्यू ठकुरीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
अब सेमिफाइनलमा केपी ओली एफसीले मछिन्द्र क्लब र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीचको खेलको विजेतासँग खेल्ने छ ।
अब मंगलबार केपी ओली कपमा दुई खेल हुने छन् । मंगलबार पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यो खेल बिहान साढे ११ बजे शुरु हुने छ । त्यस्तै दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडबीच हुने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । दुवै खेल एन्फा कम्प्लेक्समा हुने छन् ।

प्रतिक्रिया