February 26, 2025, 3:21 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

कोशीका पूर्वमन्त्री अधिकारीको बयान : म आफैँ पीडित हुँ, न्याय मलाई चाहियो

मंसिर ११, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं- जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफैं पीडित भएको बयान दिएका छन् ।

प्रदेश र संघीय सरकारको अनुमतिबिना नै गत कात्तिक १३ गते जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीन युवकलाई लगेको आरोपमा पक्राउ परेका अधिकारीले उक्त आरोपबाट सोमबार उन्मुक्ति पाइसकेका छन् ।

उनले त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानका क्रममा उक्त प्रकरणमा आफैं पीडित भएको उल्लेख गरेका छन् ।

मानव तस्करीको अनुसन्धान गरेका प्रहरी अधिकारी र सरकारी वकिलहरूसँगको बयानका क्रममा अधिकारीले उक्त घटनामा आफू पीडित भएको जिकिर गरेका हुन् ।

मानव तस्करी तथा सरकारी कागजात र छाप किर्तेबारे आफूले त्यतिबेलै प्रहरीलाई सूचना दिएर साक्षी बनेको दाबी उनले गरेका छन् ।

‘मानव तस्करी तथा कीर्तेसम्बन्धी अपराधबारे मौकामै मलाई थाहा हुनेबित्तिकै प्रहरीलाई सूचना दिने व्यक्ति हुँ । म उक्त अपराध घटनाको पीडित र अपराधको पहिलो सूचकसमेत भएकाले अपराधमा संलग्न भन्न मिल्दैन’, उनले बयानमा भनेका छन्, ‘मसँग हङकङमा भेट भएका कञ्चन देवकोटा, जनक राई र दावा शेर्पालाई मेरै सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान हुँदैछ । मेरो हैसियत अहिलेलाई अपराधको सूचना दिने सरकारी ‘गवाह’ हो । मेरो व्यक्तिग र म कार्यरत मन्त्रालयको सही छाप र परिचय पत्र किर्ते गरिएको हुँदा म आफैँ पीडित हुँ, दोषीमाथि कारबाही गरेर मलाई न्याय दिनुपर्छ।’

प्रतिक्रिया