February 26, 2025, 2:03 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

सैनिक मञ्चमा सेनाको हर्षबढाईं

फाल्गुन १४, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आज एक समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाईं, कवाज र आतसबाजी प्रदर्शन गरिएको हो ।

सेनाले आज मुलुकभर विविध कार्यक्रम गरी २६२ औँ स्थापना दिवस मनाउँदै छ । टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा सेनाद्वारा विशेष कला प्रदर्शनीसमेत गरियो ।

राष्ट्रपति पौडेलले सैनिकमञ्चस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो । हेलिकप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि पनि गरिएको थियो । त्यस्तै, परेड (शस्त्राभ्यास) तथा तोप बढाईं, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन भएका थिए ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया