कन्सल्टेन्सीको आड्मा बैदेशिक रोजगारको धन्दा : विज्ञापन नै प्रकाशनगरि करोडौ ठगी

- August 5, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्याङजा स्वरेक – ८, घर भई काठमाण्डौ बस्दै आएकाका कृष्ण बहादुर सिकेले कोरल एजुकेशन कन्सल्टेन्सी, रोएल एजुकेशन कन्सल्टेन्सी, रोएल एचआर सोलुसन संचालन गरि आकर्षक तलब सुविधा देखाएर कन्सल्टेन्सीको नामबाट राष्ट्रिय पत्रपत्रिकामा सुचना निकाल्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको तथ्य भेटिएको छ । यी ३ वटा कन्सल्टेन्सीका संचालक सीके नै रहेको समेत खुल्न आएको छ ।

उक्त कन्सल्टेन्सीका संचालक सिकेबाट प्रत्येक व्यक्ति बराबर ५० हजार देखी १३ लाख सम्म ठगीएका छन् , अझै थेरै व्यक्ति ठगिएको हुनसक्ने आशंका गरिएको छ । सिकेबाट ठगीएकाहरु मध्ये लक्ष्मी श्रेष्ठ ६ लाख ६० हजार, बिदुर घतानेको ६ लख , गोविन्द रेग्मी ५ लाख, ओम बहादुर पुनको ४ लाख, उर्मिला पुनको ३ लाख ७० हजार, आर्यान जोशीको २ लाख, प्रविन जङ बस्नेत २ लाख, लेख नाथ सुवेदी २ लाख १० हजार, समीर तिवारी १ लाख ५० हजार, देब कुमार श्रेष्ठ १ लाख, सागर पुरीको १ लाख , गजेन्द्र बम १ लाख,सरोज श्रेष्ठ ६० हजार छ्न । ठगीनेहरुको संख्या सयौं रहेको पीडितहरुले बताए । आफुहरुले ब्याजमा पैसा खोजेर सिकेलाई बुझाएको भन्दै सावा ब्याज सहित पैसा फिर्ता गराउनु पर्ने पीडितहरुले माग गरे । पीडीतहरु भबीस खड्का, प्रबिन जङ बस्नेत, देब कुमार श्रेष्ठ र गजेन्द्र बमले सिकेसंग पैसा माग्दा बाउस चेक दिएर रकम फिर्ता दिन झुल्याएको बताए ।

ठगी आरोपका सीकेले बेलाबेलामा आफुहरुसंग भाइबरमा कुरा हुने पैसा माग्दा सधै पैसा फिर्ता दिन्छु भन्ने गरेको कहिले दिने भन्दा एक हप्ता पछी, एक महिना पछी गर्दै १ वर्ष पछि दिन्छु भनेर टार्ने गरेको पीडितहरुले जनाए । सीकेले आफू कहिले दुबई, कहिले भारत र कहिले नेपाल छु भन्ने गरेको पिडीतहरु बताउँछ्न ।

आफुहरुले सिकेको बिरुद्धमा महानगरीय प्रहरी वृत टेकुमा उजुरी दीएको घटना घटेको १ महिना बितिसकेको र प्रहरीले आरोपीत व्यक्ति लाइ समात्न नसकेको पीडितहरुले गुनासो गरे । टेकु प्रहरीले सिके लुकेर बसेको आशंकामा खोजी कार्य जारी राखिएको बताएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!