अस्ट्रेलियामा विद्यार्थी बिचल्ली बनाउने कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर कप्तान खड्का !

- March 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का विवादमा तानिएका छन् । नेपाली विद्यार्थीलाई बिचल्ली बनाउने एउटा कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर भएको खुलासा भएपछि उनी विवादमा आएका हुन् । अष्ट्रेलियाको ‘एआईबीटी’ कलेजको नर्सिङ संकाय खारेज गरेपछि १२ सयभन्दा धेरै नेपाली विद्यार्थी बिचल्ली भएका थिए । विद्यार्थी बिचल्ली पार्ने प्रमुख शैक्षिक परामर्श केन्द्रमध्ये पर्ने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजका उनी ब्रान्ड एम्बेसडर हुन् । दर्ता नै नभएको कलेजमा दुई सय जनाभन्दा बढी विद्यार्थी पठाएपछि यो कम्पनीलाई शिक्षा मन्त्रालयले छानबिन गरिरहेको छ । यता एक्सपर्डले भने पारसको ब्राण्डको दुरुपयोग गर्दै विद्यार्थी ठगी गर्दै आएको छ । अष्ट्रेलियास्थित एआईबीटी कलेजमा अध्ययनरत १२ सय जना विद्यार्थीले अध्ययन सकिए पनि सर्टिफिकेट नपाएपछि यो विवाद सतहमा आएको थियो । गत साउन २९ गते राजधानीको एक पाँच तारे होटलमा खड्कालाई तीन वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरिएको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको छ ।
सर्भिसेजका सीईओ सञ्जिव शर्मा र कप्तान पारसले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । खड्कालाई उक्त विवादित कम्पनीले यसअघि नै अस्ट्रेलिया घुमाउने कामसमेत गरेको थियो । नेपाल, भारत, बंगलादेश, हङकङ, मंगोलिया, नाइजेरिया, फिलिपिन्ससमेतमा गरी ३१ वटा शाखा कार्यालय रहेको दाबी गर्ने एक्सपर्टबाट सबैभन्दा धेरै विद्यार्थी ठगिएको र राज्यलाई समेत अर्बौंको कर छली गरेको स्रोतको दाबी छ । बजारशास्त्रका अनुसार जुन वस्तु सबैभन्दा खराब छ त्यो वस्तुको धेरै विज्ञापन हुन्छ । विज्ञापनका लागि सबैभन्दा धेरै फ्यान फलोअर्स भएको व्यक्ति छानिने गरेको छ । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको स्वदेश तथा विदेशमा धेरै समर्थकहरु छन् । त्यसैले पारसलाई देखाएर एक्सपर्टले विद्यार्थी तान्ने लक्ष्य लिएको थियो । एआईबीटी कलेज खारेजी प्रकरणमा विवादित बनेको एक्सपर्टको कतुर्तको पर्दा खुल्न थालेपछि भने खड्का नै झस्कन थालेका छन् ।
विद्यार्थीलाई धम्की !
एक्सपर्ट एजुकेशनले अस्ट्रेलियास्थित एआईबीटी कलेजमा अध्ययनरत विद्यार्थी सदृसा खरेललाई धम्की दिएको खुलासा भएको थियो । सञ्चारमाध्यममा विद्यार्थी ठगिएको विषय सार्वजनिक गरेको भन्दै उनलाई एक्पर्टले धम्की दिएको थियो । धम्की दिएको सार्वजनिक भएपछि विवादमा तानिएको एक्सपर्टका पदाधिकारीले ‘दुई हात जोडेर माफी मागेको’ सदृसाले बताइन् । ‘उहाँहरुले मसँग दुई हात जोडेर माफी माग्नुभयो । पहिले मेरी ममी र बाबाको मोबाइल नम्बर मागेको थियो । त्यसको उद्देश्य के हो ?’ उनले भनिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!