एजुकेशनका नाममा मानव तस्करी, नक्कली विवाहले यस्तो बिचल्ली

- July 14, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा

काठमाडौं । नेपालमा शिक्षित भएरपनि प्रसस्त रोजगारीको सम्भावना नभएपछि युवा जमात विदेशतिर आकर्षित हुनु नौलो कुरा भएनु । बैदेशिक रोजगारीको लागि खुलेका प्रसस्त मेनपावरहरु मार्फत युवा युवतीहरु विभिन्न मुलुकमा गई रोजगार गरी आफ्नो जीविको पार्जन गर्दे आएको छन् । यो मेनपावर व्यवासायीहरुको नियमसंगत पेशा हो । तर शिक्षाका नाममा खुलेका परामर्शदाता कम्पनीहरुले नै विदेशी मुलुकहरुमा पढ्न पठाउने नाममा अवैध तस्करी धन्दा गर्दै आएका छन् । यसरी अवैधै मानव तस्करीमा संलग्न विभिन्न एजुकेशनल कन्शल्टेन्सीहरुको फेहरिस्त तीव्रखबरले फेला पारेको छ ।

यस्ता एजुकेशनल कन्सल्टेन्सीहरुरुले विवाहित पुरुषहरलाई विवाहित वा अभिवाहित युवती मिलाइदिने वा विवाहित वा अविवाहित युवतीलाई युवक मिलाइदिने र मोटो रकम अशुलेर डिपेन्डेन्ट भिसा दिलाएर विदेश पठाउने गरेका छन् ।

कानुनी हिसावले हेर्ने हो भने उनीहरुले बनाएका कम्पनीको उद्देश्यसंग वाझिने यस्ता कृयाकलापहरु सरासर गलत छन् । एकातिर उनीहरुले गरेका कृयाकलापले प्रचलित कानुनको धज्जी उडाएका छन्, भने अर्काेतिर नेपाली युवा युवतीहरुको जीवन तहस नहस हुने अवस्थाको सृजना गरेका छन् ।

नक्कली विवाह गर्दै सक्कली कागजात तयारगरि अवैध सम्बन्धलाई प्रमाणित गराउँदै दलालहरु प्रयोगगरि युवा युवतीको खोजी गर्ने र युवती पढ्न जाने भए युवाले पैसा वेहोर्ने र युवा पढ्न जानेभए युवती र युवा दुवैबाट मोटो रकम अशुल्दै कन्शल्टेन्सीहरुले यस्तो धन्दा संचालन गर्दै आएको फेला परेको छ ।

यसरी नै डिफेण्डेण्डमा अष्टेलिया लैजान्छु भन्दै पढ्न जाने युवतीसंग नक्कली विवाह गरेका एक पुरुष उनीहरुको भिषा नलागेपछि अंश मुद्दा खेप्नु परेको र आप्mनो भएभरको सम्पत्ति युवतीको नाममा गर्दिन बाध्य भएको दुखेको तीव्रखबरसंग गरे । रामप्रसाद ढुंगाना नामकाउनी एक कन्शलटेन्सीमा पुगेपछि त्यहाँबाट नै मिलाइएको युवतीसंग अष्टेलिया जाने सपना देखेर नक्कली विवाह गरेको र भिसा नलागेपछि यस्तो घट्ना व्यहोर्न बाध्य भएको जनाए ।

त्यसैगरि अष्टेलिया पुगेकी विमला शर्मा (नाम परिवर्तित) युवतीको अष्टेलिया पुग्ने र त्यहाँ पढ्ने हैसियतको सम्पत्ति नहुँदा सम्पत्ति देखाउन सक्ने एक विवाहित युवासंग डिपेन्डेन्टमा सक्कली कागजातमा नक्कली विवाह गरि अष्टेलिया पुगेपछि आप्mनो विजोग भएको बताईन उनले मन नपरेको उक्त युवासंग जब्बरजस्ती दैनिकी विताउँन बाध्य भएको बताइन् । राम्रो आम्दानी होला भन्ने सोचेर उनी त्यहाँ पुगेको भएतापनि विद्यार्थीहरुले ४ घण्टाभन्दा बढी काम गर्न नपाउँने भएपछि कमाउनु भन्दापनि खर्च नै नपुग्ने भएपछि उक्त केटासंग दैनिकी विताउँन बाध्य भएतापनि उनको नेपालमा श्रीमती भएको कारण आप्mनो जिन्दगी बरबाद भएको जनाइन् ।

पिडित शर्मा दलाल मार्फत खोजिएको युवासंग नक्कली विवाह गरि बागबजारमा रहेको ग्लोबल च्वाइस कन्सल्टेन्सीमा पुगेको र सोही कन्शल्टेन्सी मार्फत अष्टेलिया पुगेको बताइन् । यसै विषयमा उक्त कन्सल्टेन्सीका संचालक तिर्थलाल भट्टसंग प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

यसरी युवा युवतीहरुको बिजोग बनाउने कन्शल्टेन्सीहरु र दलालहरुकोे संख्या अध्याधिक छन् । ती मध्ये तीव्रखबरलाई एक दर्जन कन्सल्टेन्सीहरुको फेहरिष्ट प्राप्त भएको छ । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!