२० वर्ष पछिको निरन्तर पहल पछि पत्रकार विष्णु खडकाको विशेष पहलमा इलाका प्रहरी कार्यालय हेलम्बु मातहत विट स्थापना गरिएको हो ।
२२ रोपनीमा फैलिएको प्रसिद्ध मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले सहजरुपमा दर्शन गर्न पाउने व्यवस्था मिलाउन पहल गरिएकोले मन्दिर परिसरमा प्रहरी विट स्थापनाले सिगों पाल्चोकवासीको शान्ति सुरक्षा र समग्र जिल्लाको इज्जत र गरिमा बढाएकोले यसले अझै जिल्लाको पर्यटन विकास र प्रवद्र्धनमा ठुलो सघाउ पुग्ने पत्रकार तथा स्थायीय अगुवा खडकाले बताउनुभयो ।
प्रहरी विट उद्घाटन गर्नुहुँदै प्रहरी उपरीक्षक खड्काले यस मन्दिर तथा यस भेगमा शान्ति सुरक्षा थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष दिपक खड्काले विट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै स्थानीय सरकार र स्थानीय सधैँ सहकार्य गर्न तयार रहेको बताउनुभयो । विटमा प्रहरी वरिष्ठ हवल्दारको नेतृत्वमा ४ प्रहरी हुने जनाइएको छ ।
प्रसिद्ध मन्दिरमा आउने भक्तजन तथा यहाँका स्थानीयको शान्ति सुरक्षाका लागि विट स्थापना गरिएको मन्दिरको अध्यक्ष श्यामचन्द्र श्रेष्ठ बताउनुभयो ।
विगतमा स्कुल, वडा, स्वास्थ्य चौकी र मन्दिरका सामाग्रीहरु चोरी हुने गरेकोमा अब चोरी लगायत घटना कम हुने स्थानीयले विश्वास लिएका छन् ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हेलम्बुका प्रमुख प्रहरी निरीक्षक दिवस बस्नेत, स्थानीय वडाका अध्यक्ष, स्थानीय सामाजसेवी लगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिक्रिया