November 26, 2026, 12:26 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

इन्डोनेसियाको सुन खानीमा बाढी : १३ जनाको मृत्यु, १३ बेपत्ता

मंसिर १०, २०८३ मा प्रकाशित | ३०४ दर्शक तीव्रखबर

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानी डुबाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना बेपत्ता भएका छन् ।

उद्धार अधिकारीहरूका अनुसार सोमबार आएको बाढीले खानीको सुरुङ डुबाएपछि कामदारहरू भित्रै फसेका थिए । बिहीबार बिहानसम्म १३ जनाको शव फेला परेको र बेपत्ताको खोजी जारी रहेको स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले जानकारी दिए।

उद्धार कार्यमा करिब १०० मिटर गहिरा साँघुरा सुरुङ, कम उज्यालो र चिप्लो भूभागका कारण कठिनाइ भइरहेको उनले बताए। उद्धारकर्मीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी कार्य जारी राखिएको उनको भनाइ छ ।

पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार बाढीले सुरुङ डुबाउनुअघि ११ जना कामदार बाहिर निस्कन सफल भएका थिए ।

अधिकारीहरूले खानीभित्र कामदार फसेको जानकारी भने मङ्गलबार मात्रै पाएका थिए । त्यसपछि उद्धार अभियान सुरु गरिएको हो ।

इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन् । विशेषगरी अवैध रूपमा सञ्चालित खानीमा सुरक्षा मापदण्डको पालना नहुँदा यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *