तीव्रखबर
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकाल आज विवाह बन्धनमा बाँधिँदै छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आज विवाह गर्न लागेका हुन् ।
मोरङको विराटनगरस्थित ढकालको घरबाट जन्ती भद्रपुरस्थित डाँगीको घरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । जन्तीमा परिवारका सदस्य, आफन्त र निकट साथीहरू सहभागी हुने बताइएको छ ।
विवाहमा रास्वपा सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलसहित झापाको भद्रपुर पुग्ने कार्यक्रम रहेको बताइएको छ ।
राजनीतिक सहयात्रीसमेत रहेका डाँगी र ढकालबीचको सम्बन्ध पार्टीभित्र पनि चर्चाको विषय रहँदै आएको थियो । ढकालले नै डाँगीलाई राजनीतिमा प्रवेश गराएका थिए ।
प्रतिक्रिया