November 26, 2026, 12:46 pm
» मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह » नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार » विवाह बन्धनमा बाँधिए रोहित पौडेल » एमाले अध्यक्ष ओलीले गरे सम्पादकहरूसँग छलफल

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

मंसिर १०, २०८३ मा प्रकाशित | १८०४ दर्शक तीव्रखबर

काठमाडौं । पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा वैदेशिक रोजगारीका लागि कामदार पठाउने क्रममा अवैध रूपमा रकम असुलेर मलेसिया नै पठाएको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालय स्रोतले पुष्टि गरेको छ ।

गृह मन्त्रालयका एक अधिकारीले अर्याल पक्राउ परेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बताए । यद्यपि, उनलाई कुन स्थानबाट पक्राउ गरिएको हो भन्ने विषय भने खुलाइएको छैन ।

यसै प्रकरणमा संलग्न रहेको आरोपमा यसअघि नै पूर्व श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरका साथै तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेका सबैमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *