November 26, 2026, 2:47 am
» अरुण खोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना, एकको मृत्यु र ११ जना घाइते » यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर » निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति » चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो » दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा

अरुण खोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना, एकको मृत्यु र ११ जना घाइते

मंसिर १०, २०८३ मा प्रकाशित | १४०४ दर्शक तीव्रखबर

नवलपुर ।  नवलपुरको मध्यबिन्दु-१० स्थित अरुण खोला क्षेत्रमा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। कावासोती–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको उक्त बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

अरुण खोला प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दुर्घटनामा परी विनयी त्रिवेणी-४ का ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको छ।

घाइतेमध्ये नौ जनाको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको नाम भने खुल्न बाँकी रहेको छ।

प्रहरीले घटनाका सम्बन्धमा थप विवरण सङ्कलन गरिरहेको जनाएको छ र विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *