तीव्रखबर
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं संखमुल बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-२ घर भएका ३२ वर्षीय रूपेश श्रेष्ठ र काठमाडौं क्षेत्रपाटी बस्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २५ वर्षीय रिदम केसी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको पार्किङ एरियाबाट अवैध लागूऔष गाँजा जस्तो देखिने वस्तु करिब ७ किलोग्राम सहित भारत केरेला घर भएका २९ वर्षीय अब्दुल नौसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरलाईन्सद्वारा मलेसियाबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ चाबाहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका २६ वर्षीय सलमान तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका २५ वर्षीय अनिश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५३ प २०४८ र बा ६४ प ७४४१ नम्बरको स्कुटरहरू समेत बरामद गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध काठमाडौं बौद्ध बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-७ घर भएका २१ वर्षीय निकेस सुनुवारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले निकेसको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ९५ ट्याब्लेट फेला परी निकेस तथा उक्त लागूऔषध कारोबारमा संलग्न झापा गौरादह नगरपालिका-८ घर भएका २१ वर्षीय दिवश गौतमलाई समेत पक्राउ गरेको छ ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ८ सय १० मिलिग्राम सहित मोरङ पथरी शनिश्चरे नगरपालिका-७ बस्ने १९ वर्षीय अनिमिश शिवा समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकही पूर्व बस स्टेनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित धरान उपमहानगरपालिका-८ भोटेपुल बस्ने ३३ वर्षीय रविन तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-५ राधामार्ग बस्ने २८ वर्षीय सुरेश राई समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले सुरेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ मुसहरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम १ सय ४० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-४ बस्ने ३० वर्षीय सुधिर प्रसाद खनाल, सुनसरी इटहरी उपमहानगरपालिका-१६ बालग्राम बस्ने २६ वर्षीय अनिराज चौधरी र इनरूवा नगरपालिका-६ घोपाली टोल बस्ने २३ वर्षीय राम थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले प्र.१-०२-००४५ प ४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-११ कुविर्ता चोक बस्ने ४८ वर्षीय प्रकाश तामाङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय ९० मिलिग्राम र नगद ५२ हजार ४ सय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-२ ब्रिटिस धाराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय दापेम्बा शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २३ वर्षीय सयन मण्डल समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, कलैया उपमहानगरपलिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८६ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय धिरज गुप्ता समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, राप्ती गाउँपालिका-३ मसुरिया बस्ने ३३ वर्षीय पुरन कामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने पदार्थ सहित २ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं, ९ मंसिर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ४८ ग्राम तौल बराबरको सुन जस्तो देखिने अर्धठोस पदार्थ ८ थान सहित २ जना चिनियाँ नागरिकहरूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा CHINA GUANGDONG घर भएकी ४५ वर्षीया LIN LINA र ३५ वर्षीया LIN XINPING रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरलाइन्सद्वारा हङकङबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा LIN LINA को साथबाट १ किलो ३ सय ४० ग्राम र LIN XINPING को साथबाट १ किलो ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ
बझाङ, ९ मंसिर
केदारस्युँ गाउँपालिका-७ काडाचौर बस्ने ५८ वर्षीय बहादुर धामीलाई एकनाले भरूवा बन्दुक १ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बिजगडाबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको कुन्योमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
कास्की, ९ मंसिर
पोखरा महानगरपालिका-७ घारीपाटनबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ बस्ने ४४ वर्षीय शंकर श्रेष्ठ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २ हजार २ सय २० रूपैयाँ र २ सय ८ पत्ति तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
म्याग्दी, ९ मंसिर
धौलागिरी गाउँपालिका-५ मल्कवाङस्थित जंगलबाट भरूवा बन्दुक ४ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं, ९ मंसिर
धनुषा, कमला नगरपालिका-२ सराबेस्थित सडकमा म.प्र.०२-००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका-९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार मण्डल ट्याक्टरबाट लडी ट्याक्टरको चक्काले किच्दा उक्त दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा, गोलबजार नगरपालिका-४ निपनिया टोलस्थित सडकमा हाल नम्बर नखुलेको स्कर्पियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बसन्त महराको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोलबजार हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार स्कर्पियो र चालकको खोजी गरिरहेको छ ।
नवलपरासी पश्चिम, सरावल गाउँपालिका-१ बसहीस्थित सडकमा लु. प्र ०१-००८ प ८७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बस्ने ५० वर्षीय निम बहादुर चौधरीको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको देबदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकल चालकको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
मोरङ, ९ मंसिर
पथरी शनिश्चरे नगरपालिका-१ पश्चिम स्टेनस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ९ मंसिर
इलाम, सूर्योदय नगरपालिका-४ डाँडागाउँ बस्ने तारा निरौलाको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-९ विष्णु जग बस्ने ४५ वर्षीय प्रेम राईको घरमा मंगलबार दिउँसो लागेको आगो फैलिएर उनकै ग्वाली घर र सोही ठाउँ बस्ने ३५ वर्षीय कुमार सिंह राइको ग्वाली घरमा समेत आगलागी हुँदा करिब ७ लाख ६९ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सर्लाही, हरिवन नगरपालिका-१० बस्ने ओम मैनालीको घरमा बुधबार बिहान आगलागी हुँदा करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५ पिप्ले चोक नजिकै रहेको THE DOORS HOTEL मा मंगलबार राति आगलागी हुँदा करिब ४३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-३ खरेटारी बस्ने युबराज लामिछानेको गोठमा मंगलबार साँझ आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया