November 25, 2026, 6:17 am
» हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु » आजको मौसम : हिमालमा हिउँ तथा तराई र खोँचमा हुस्सु लाग्ने » सरकारी सेवाबाट अवकाश पाएकालाई दुई वर्षसम्म कानुन व्यवसायमा रोक » नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५५ करोड माथि » गगन थापाको कडा सन्देश : बालेनको भारत भ्रमणमा उपलब्धि देखिएन, रास्वपाको विवादमा कांग्रेस नपस्ने

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

मंसिर ९, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

सप्तरी– सप्तरीको रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो ।

निजका छोरा अर्जुन भागेर ज्यान जोगाउन सफल भएका छन् । एक सातादेखि हात्तीको ठूलो बथान रुपनीमा प्रवेश गरेपछि स्थानीय त्रसित छन् ।

गत कात्तिक २९ गते पनि हात्तीको आक्रमणबाट सुरुङ्गा नगरपालिका–४ का ७० वर्षीय गोपी चौधरीको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *