November 25, 2026, 10:15 am
» निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति » चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो » दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा » लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति

मंसिर ९, २०८३ मा प्रकाशित | १०४ दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति निर्वाचन आयोगले अध्यावधिक गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १५औँ महाधिवेशनबाट आएको सीमित अध्यावधिक गरिएको जानकारी दिए । ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट आएको पदाधिकारी र विधान अद्यावधिक गर्ने निर्णय आयोगको हिजोको बैठकले गरिसकेको छ,’ उनले भने।

१५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगमा उपलब्ध गराउँदै अद्यावधिकका लागि निवेदन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *