November 25, 2026, 10:53 am
» निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति » चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो » दुई महिनामा पोखरा-दुबई उडानबाट १३ हजार यात्रुले लिए सेवा » लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

चार महिनामै १ अर्ब १७ करोडको लसुन भित्रियो

मंसिर ९, २०८३ मा प्रकाशित | १७०४ दर्शक तीव्रखबर

काठमाडौँ – नेपालमा लसुन आयात बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा मात्रै १ अर्ब १६ करोड ९२ लाख रुपैयाँभन्दा बढीको लसुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि कात्तिक मसान्तसम्म नेपालले ७ हजार ४३८ टन लसुन आयात गरेको छ । यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.५७ प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा ५ हजार ४०७ टन लसुन आयात भएको थियो ।

आयातित लसुनमध्ये अधिकांश चीनबाट आएको छ । कुल आयातको ९२.७५ प्रतिशत हिस्सा चीनको रहेको छ । चीनबाट मात्रै ९९ करोड ७७ लाख रुपैयाँको ताजा लसुन आयात भएको विभागको तथ्यांक छ ।

भारतबाट भने १७ करोड १५ लाख रुपैयाँको लसुन भित्रिएको छ । भारतबाट आयात हुने लसुनको परिमाण घटे पनि सुकेको लसुनको मूल्य बढ्दा आयात रकम भने उल्लेख्य वृद्धि भएको छ ।

लसुन आयातबाट सरकारले चार महिनामा २८ करोड २७ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा १८ करोड ४ लाख रुपैयाँ राजस्व उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *