November 23, 2026, 10:39 am
» प्रधानमन्त्री शाहले मोदीसँगको पत्रकार सम्मेलनमा गरेको सम्बोधनको पूर्णपाठ » नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार » पारस्परिक सम्मान र विश्वास नै नेपाल-भारत सम्बन्धको मूल आधारशिला हो : प्रधानमन्त्री शाह » भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति » अयोध्या–जनकपुर रेल सेवा सुरु

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता शुरु

मंसिर ७, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र  भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता शुरु भएको छ ।

दिल्लीस्थित हैदरावादहाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता शुरु भएको हो ।

उनीहरूबीच करिब एक घण्टा भेटवार्ता हुने बताइएको छ । त्यसलगत्तै दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । द्विपक्षीय वार्तासँगै नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यतालिका छ।

प्रधानमन्त्री बालेनले भारतसँगको सम्बन्धलाई ठूला पूर्वाधार आयोजना, जलविद्युत् लगानी, अन्तर्राष्ट्रिय हवाई सम्पर्क, व्यापार र प्रविधिसँग जोड्ने गरी बलियो आर्थिक एजेन्डा अघि सारेका छन् । विशेषगरी कनेक्टिभिटी, जलविद्युत्, हवाई रुट, क्रिकेट र स्टार्टअप नेपालको प्राथमिकताका एजेन्डा छन् । नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यस्तै, शिक्षा, स्वास्थ्य,कृषि,खेलकुद तथा मानव संशाधनसम्बन्धी विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ । द्विपक्षीय सम्झौतामा हस्ताक्षरपछि भारतीय समकक्षी मोदीले आह्वान गरेको दिवा भोजमा प्रधानमन्त्री बालेन सहभागी हुनेछन् ।  त्यसलगत्तै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् ।

 

यसअघि आजै भारतीय राष्ट्रपति निवासमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर दिइएको थियो  ।

 

प्रधानमन्त्री शाह आजै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *