तीव्रखबर
काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य तर संक्षिप्त स्वागत गरिएको छ ।
प्रधानमन्त्री शाहलाई विमास्थलमा भारतको केन्द्र सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
यसका साथै उनको सम्मानमा भारतको उत्तराखण्ड राज्यका नृत्याङ्गानाले लोकनृत्य समेत प्रस्तुत गरेका छन् ।
विमानस्थलमा स्वागतसँगै अब उनी होटेल ताजमहलतर्फ प्रस्थान गरेका छन् ।
प्रतिक्रिया