November 22, 2026, 11:00 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

करिब पाँच क्विन्टल गाँजासहित एकजना नियन्त्रणमा

मंसिर ६, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

सुनसरी– जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बीआर११ वाई ३०३९ भारतीय नम्बर प्लेटको स्कार्पियोलाई प्रहरीले धरान–२ भानुचोकमा रोक्न खोज्दा भागेपछि सेउती पुलबाट निजलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख भिष्णुबाबु राईले जानकारी दिए ।

उक्त सवारी साधन चेक जाँच गर्दा १६ वटा कालो बोरामा राखिएको चार क्विन्टल ९९ किलो गाँजा बरामद भएको उनले बताए । प्रहरीले चालक साह र बरामद भएको सवारी साधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *