तीव्रखबर
काठमाडौ। नेपाली कांग्रेसका सभापति गगन थापा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको अवस्था बुझ्न र उनीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न विज्ञ टोलीसहित आज प्रभावित क्षेत्रमा पुगेका छन्।
बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले भोगिरहेका समस्या, तत्कालीन आवश्यकता र उनीहरूका गुनासाहरू नजिकबाट पहिचान गर्ने उद्देश्यले थापा यसअघि पनि पुगिसकेको यस क्षेत्रमा यसपटक प्राविधिक तथा विषयगत विज्ञहरूको टोलीलाई साथमा लिएर गएका हुन्।
भ्रमणका क्रममा विज्ञ टोलीले बाढीले पुर्याएको भौतिक क्षतिको प्राविधिक अध्ययन गर्नुका साथै स्थानीयको पुनःस्थापना र दीर्घकालीन राहतका विषयमा समेत विस्तृत छलफल तथा अवलोकन गर्नेछ।
प्रभावित नागरिकसँगको भेटघाटपछि प्राप्त सुझाव र विज्ञहरूको निष्कर्षका आधारमा समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तयारी रहेको छ।
प्रतिक्रिया