November 22, 2026, 10:59 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

तोलामा २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

मंसिर ६, २०८३ मा प्रकाशित | २२०४ दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *