November 22, 2026, 12:44 pm
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

बहराइनमा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका राडारमा आक्रमण गरेको इरानको दाबी

मंसिर ६, २०८३ मा प्रकाशित | ३००४ दर्शक तीव्रखबर

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बहराइनमा रहेको अमेरिकी सेनाको प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका दुई राडारलाई निशाना बनाएको दाबी गरेको छ ।

इरानका स्थानीय मिडियाका अनुसार बहराइनको अल रिफा र अवालीस्थित दुई सैन्य शिविरमा जडान गरिएका राडारमाथि क्षेप्यास्त्र र मानवरहित विमानमार्फत आक्रमण गरिएको इरानी रिभोलुसनरी गार्ड्सले जनाएको छ ।

रिभोलुसनरी गार्ड्सको जनसम्पर्क विभागले इरानको हवाई क्षेत्रमा निरन्तर उल्लङ्घन तथा आफूमाथि भइरहेको आक्रामक गतिविधिको जवाफस्वरूप आक्रमण गरिएको उल्लेख छ ।

अमेरिकी सेनाका एमक्यू–१ र एमक्यू–९ नामक दुई जासुसी मानवरहित विमान इरानको हवाई क्षेत्रमा प्रवेश गरेपछि उक्त कारबाही गरिएको हो ।

इरानको रिभोलुसनरी गार्ड्सले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि देश वा आक्रामक शक्तिलाई कडा र निर्णायक जवाफ दिने चेतावनीसमेत दिएको छ ।

 

यद्यपि, बहराइनस्थित अमेरिकी सैन्य शिविरका राडारमा क्षति पुगेको वा आक्रमणबाट भएको क्षतिको अमेरिकी पक्षले पुष्टि भने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *