November 22, 2026, 12:45 pm
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

प्रधानमन्त्री शाह भारतको दुई दिने राजकीय भ्रमणमा आज जादै

मंसिर ६, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुई दिने राजकीय भ्रमणमा जादैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज नेपाल वायुसेवाको विमानबाट अपराहन्न १: ४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका विदेशमन्त्री एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने छन् भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।

भारतले प्रधानमन्त्री शाहलाई भारतमा राजकीय सम्मान दिने बताएको छ ।

 

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । नेपालबाट ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने र निजी क्षेत्रबाट ५२ सदस्यीय टिम आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जानकारी दिएको छ ।

 

नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विविध क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *