November 22, 2026, 11:27 am
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मंसिर ६, २०८३ मा प्रकाशित | ३७०४ दर्शक तीव्रखबर

मोरङ– मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ ।

प्रदेश बालअधिकार समिति, राष्ट्रिय बालअधिकार परिषद्, कानेपोखरी गाउँपालिकाका बालकल्याण अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरी ५ जना बालक र ९ जना बालिका गरी १४ जना बालबालिकाको उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त कार्यसँगै घटनाको थप व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *