November 22, 2026, 1:26 pm
» भारतीय राज्यमन्त्री जितिन प्रसादले गरे प्रधानमन्त्री शाहको स्वागत » युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य » मेक्सिकोमा लागुऔषध तस्करीका नाइके पक्राउ परेपछि हिंसा भड्कियो » प्रधानमन्त्री वालेन्द्र शाह भारत प्रस्थान » कुहिरो र सूर्योदय हेर्न मानुङकोट

कोशी र मधेशमा चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

मंसिर ६, २०८३ मा प्रकाशित | २००४ दर्शक तीव्रखबर

काठमाडौं। हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायु र पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भूभागको मौसम मुख्यतया सफा छ। आज दिउँसो कोशी र मधेश प्रदेशसहित गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ।

देशका बाँकी स्थानहरूमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसो कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यसैगरी, आज राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *