November 16, 2026, 3:04 pm
» ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै » जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध » घाटा बढे पनि पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय » मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ » प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म !

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

कार्तिक ३०, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

सप्तरी– जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ ।

सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए ।

उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएको चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ ।

हात्तीको आक्रमणबाट चौधरीको मृत्यु भएपछि स्थानीयवासी त्रसित  छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *