October 12, 2026, 6:08 pm
» बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा » नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन » नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ४६ करोडको कारोबार » देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल » विगतका मतभेद बिर्सेर एकताको बाटोमा अघि बढ्न पौडेलको आह्वान

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

अशोज २६, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। सोमबार दिउँसो नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन् ।

घरमै असहज भएपछि उनलाई नजिकैको फेक्ट नेपालद्वारा सञ्चालित नेपाल बर्न अस्पताल लगिएको र त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरेको अर्यालले जानकारी दिए ।

पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका छोरा हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनी जनता टेलिभिजनमा मालिकसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *