October 5, 2026, 4:51 pm
» तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने » कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा » भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह » शेयर बजारमा फेरि धक्का! नेप्से २० अंकले घट्दा लगानीकर्ता निराश » मोटरसाइकल दुर्घटनामा विक्रमको मृत्यु

आज संघीय संसदका चार समितिको बैठक बस्दै

अशोज १९, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज दिउसो १ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धमा र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनौट गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज बिहान साढे १० बजेदेखि शुरु हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवम् व्यवहारिक समस्याहरु सम्बन्धमा सरोकारवालाहरुसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, आज विहान ११: ४५ देखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धि सिमित सचिवद्वारा जानकारी सम्बन्धमा, मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज बिहान १० बजेदेखि शुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा काठमाडौंको डल्लु स्थित संशोधन मण्डलको स्थलगत अवलोकनको विषयमा छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *