October 5, 2026, 4:52 pm
» तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने » कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा » भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह » शेयर बजारमा फेरि धक्का! नेप्से २० अंकले घट्दा लगानीकर्ता निराश » मोटरसाइकल दुर्घटनामा विक्रमको मृत्यु

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

अशोज १९, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

काठमाडाै – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका चालिसेले कांग्रेसलाई समयानुकूल रूपान्तरण गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित उपसभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन्।

चालिसेले मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। उनले आफू उपसभापति पदमा उम्मेदवार बन्ने कुरा स्पष्ट पारेका हुन्।

कांग्रेसको विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा पनि चालिसे सक्रिय थिए। महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन तथा समर्थन जुटाउने क्रममा उनले महत्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका थिए।

विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी पाएका चालिसेले १५औँ महाधिवेशनलाई कांग्रेसको संगठनात्मक तथा वैचारिक पुनर्संरचनाको अवसर का रूपमा लिँदै उपसभापतिमा आफ्नो दाबी अघि सारेका हुन्।

चालिसेको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। आगामी नेतृत्वका लागि विभिन्न नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला चालिसे पनि उपसभापतिको दौडमा थपिएका हुन्।

कांग्रेसमा एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहने व्यवस्था छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *