October 5, 2026, 4:51 pm
» तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने » कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा » भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह » शेयर बजारमा फेरि धक्का! नेप्से २० अंकले घट्दा लगानीकर्ता निराश » मोटरसाइकल दुर्घटनामा विक्रमको मृत्यु

शेयर बजारमा फेरि धक्का! नेप्से २० अंकले घट्दा लगानीकर्ता निराश

अशोज १९, २०८३ मा प्रकाशित | १००४ दर्शक तीव्रखबर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सोमबार २०.४८ अंकले घटेर २,५६६.७६ विन्दुमा झरेको छ।
आज ३५९ कम्पनीका ९० लाख ३ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब २७ करोड ९५ लाख ९ हजार ८३६ रुपैयाँ बराबरको कारोबार भएको छ। ट्रेडिङ समूहबाहेक आज सबै क्षेत्रका शेयर मूल्यमा गिरावट आएको छ।

आज सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंक डिभेन्चरको मूल्य ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै नेपाल एसबीआई बैंक डिभेन्चर ४.९८ प्रतिशतले बढेको छ।

यसैगरी, आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत कम्पनीको शेयर मूल्य ५.८४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर अगाडि रहेको छ। कम्पनीको २२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै हाथवे इन्भेस्टमेन्ट नेपालको ८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *