तीव्रखबर
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको छ । आज नेप्सेमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से ११.९० अंकले घटेको हो । आज नेप्से घटेर २५८७.२५ बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका मध्ये २०७ वटा कम्पनीको मूल्य घट्यो भने ६१ वटा कम्पनीको मूल्य बढ्यो । ११ वटा कम्पनीको मूल्य भने आज स्थिर रह्यो ।
आज नेप्से घटेसँगै म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।
प्रतिक्रिया