October 2, 2026, 12:13 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल

अशोज १६, २०८३ मा प्रकाशित | ५०४ दर्शक तीव्रखबर

काठमाडौं। नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले देशमा व्याप्त विद्यमान समस्या समाधान र जनताको जनजीवन सुधारका पक्षमा सरकारको तर्फबाट ठोस उपलब्धि हुन नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै नेता बादलले विश्वव्यापी रूपमा देखिएका संकटका साथै नेपालमा सिर्जित समस्याहरूको समाधानका लागि वर्तमान सरकारले प्रभावकारी पहलकदमी लिन नसकेको र यस क्षेत्रमा सरकार कमजोर देखिएको आरोप लगाए।

सम्बोधनका क्रममा उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले भोगेको पराजयलाई सहज रूपमा स्वीकार गरिएको स्पष्ट पारे। तर, यसलाई आत्मसमर्पणको रूपमा नभई आगामी यात्राका लागि एउटा महत्त्वपूर्ण सिकाइ र समीक्षाको विषयका रूपमा लिइएको उनको भनाइ थियो।

यसैगरी, नेता बादलले पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणबिना नै पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य भइरहेको भन्दै त्यसप्रति कडा विरोध जनाए।

सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका लागि जनसमक्ष गरेका प्रतिबद्धता तथा घोषणाहरू अनुसार व्यवहारमा काम गर्न नसकेको उनले आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *