तीव्रखबर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा दोषी ठहर गरिएका व्यक्तिसहित भ्रष्टाचारमा संलग्न सबैमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले अपराधजन्य घटनामा दोषी प्रमाणित भएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिए त्यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताए।
शाहीले रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने अवस्था अझै अन्त्य हुन नसकेको उल्लेख गर्दै स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न उद्योग, कलकारखाना तथा स्वास्थ्य संस्थाको विकास र विस्तारमा सरकारले प्राथमिकता दिनुपर्ने बताए।
त्यस्तै, हालैको प्राकृतिक विपद्बाट प्रभावित बाढीपीडितलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउँदै उनीहरूको शीघ्र पुनर्स्थापनाका लागि ठोस र प्रभावकारी कार्यक्रम ल्याउन उनले सरकारको ध्यानाकर्षण गराए।
प्रतिक्रिया