October 2, 2026, 12:13 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

अशोज १६, २०८३ मा प्रकाशित | ७०४ दर्शक तीव्रखबर

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले गत अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश ल्याएको, चालु अधिवेशनमा सभामुखको निर्देशन पालना नभएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाए ।

उपनेता हमालले सरकारले गरेका घोषणा, प्रतिबद्धता, कार्यक्रम र बजेटमाथि समीक्षा हुनुपर्ने र लोकतान्त्रिक विधि प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिए ।

सेवा प्रवाहमा प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले सुशासनसहित जनजीविकाका क्षेत्रमा पनि अपेक्षा गरेअनुसार काम नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *