तीव्रखबर
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो वेबसाइटमार्फत प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकार, स्वकीय सचिवालयका कर्मचारी तथा विज्ञका रूपमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा पाँच जना सल्लाहकार छन्। मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साहले मन्त्रीसरहको सुविधा पाउने उल्लेख छ। ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन्।
त्यस्तै, राज्यमन्त्रीसरहको सुविधा पाउने सल्लाहकारमा सुदिप ढकाल र विवेक मिश्र छन्। विज्ञ सल्लाहकारका रूपमा स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल रहेका छन्। उनी पनि अवैतानिक रूपमा कार्यरत छन्।
सचिवसरहको सुविधा पाउने गरी प्रमुख स्वकीय सचिवमा सुवाष शर्मा रहेका छन्। सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राई छन्।
उपसचिवसरहको सुविधामा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य रहेका छन्।
त्यसैगरी, शाखा अधिकृतसरहको सुविधामा सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन्। नायब सुब्बा (नासु) सरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयमा कुल ४८ जनाको दरबन्दी रहेको विवरणमा उल्लेख छ।
प्रतिक्रिया