October 3, 2026, 2:00 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठक्कर खाँदा एक जनाको मृत्यु

अशोज १६, २०८३ मा प्रकाशित | १५०४ दर्शक तीव्रखबर

काठमाडौं, । कपिलवस्तुको शिवराज नगरपालिका-१ स्थित चोरखोलामा शुक्रबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस र ना.६ प ३३३३ नम्बरको ट्रक जुध्दा बसका चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुहरूलाई उद्धार गरी उपचारका लागि नजिकैको चन्द्रौटा लगिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *