तीव्रखबर
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं / काठमाडौं, काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम १० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १८ हजार ३ सय ट्याब्लेट, डाईजेपाम ७ सय ८२ एम्पुल, फेनारगन ७ सय ८२ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८२ एम्पुल र नगद ५ लाख ६० हजार ४ सय रूपैयाँ सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने ३४ वर्षीय विक्रम घले, मकवानपुर घर भएका २४ वर्षीय बिजय तामाङ, ३३ वर्षीय ललित बहादुर स्याङ्तान, काभ्रे घर भएका ३४ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ३२ वर्षीय रत्न तामाङ रहेका छन् । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकाप बस्ने ३४ वर्षीय बिक्रम घलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ४ सय ५० ट्याब्लेट, अवैध लागूऔषध पोलेन १ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्राम र नगद २ लाख ७९ हजार रूपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध लिन आएका मकवानपुर थाहा नगरपालिका-१२ घर बताउने २४ वर्षीय बिजय तामाङ गोलेलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नगद १६ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको छ ।
उदयपुर, बेलका नगरपालिका-९ भचुवा बस्ने ३२ वर्षीय युवराज राईलाई अवैध लागूऔषध गाँजा १२ किलोग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापा, हल्दिबारी गाउँपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय महमत सुलेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले बनियानिबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.२ प ७३८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बेलबारी नगरपालिका-१ पानी ट्याङकी बस्ने २३ वर्षीय जके भन्ने बामदेव दर्जी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले बामदेवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रौतहट, यमुनामाई गाउँपालिका-४ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो २ सय ५० ग्राम सहित दुर्गा भगवती गाउँपालिका-१ पिपरा टोल बस्ने २६ वर्षीय पुजन साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बमनहरबाट खटिएको प्रहरीले बीआर ३० टि ५०९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चोरीमा संलग्न व्यक्तिहरू पक्राउ
काठमाडौं / मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने धादिङ घर भएका २७ वर्षीय नारायण तामाङ, २२ वर्षीय आकाश तामाङ र २१ वर्षीय वेल बहादुर तामाङ रहेका छन् । चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँस्थित एक घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार बिहान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चन्द्रागिरी नगरपालिका-१ गोकुलपाटीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट बा.प्र ०२-०४१ प ३९३४ र बा.प्र ०२४५ प ६७०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, हाते ट्याक्टर चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी, १९ वर्षीय राजन मचामसी, रौतहट घर भएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे घर भएका ४८ वर्षीय बिपिन कुमार शाही रहेका छन् । विभिन्न मिति र समयमा स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टरहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टरहरू समेत बरामद गरेको छ ।
उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डाँका चोरीमा संलग्न व्यक्ति पक्राउ
लमजुङ / डाँका चोरीमा संलग्न रहेको अभियोगमा बेसीशहर नगरपालिका-७ डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएका ३८ वर्षीय टेक बहादुर गुरूङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मर्स्याङ्दी गाउँपालिका-३ थाकन बस्ने पीडितलाई अपरिचित व्यक्तिले जबरजस्ती हात र मुख कपाडले बाँधेर सुनको औंठी १ थान, सुनको मुन्द्रा १ जोर र सुनको फुली १ थान असोज ३ गते दिउँसो चोरी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर डाँका चोरी कसुरमा जिल्ला अदालत लमजुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
तनहुँ / आँबुखैरेनी गाउँपालिका-३ चिसापानीस्थित कवरेज ग्यारेजमा काम गर्ने भारत मोतिहारी गाउँ घर भएका ५० वर्षीय लाल वचन शाहको हत्या गरेको अभियोगमा सोही ग्यारेजमा काम गर्ने भारत वेतिया गवाडी घर भएका ३२ वर्षीय जावेद आलमलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जावेदले मादक पदार्थ सेवन गरी लाल वचनलाई फलामको डण्डि प्रहार गरी घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आँबुखैरेनी गाउँपालिका-३ भित्री बजारबाट भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । गम्भीर घाइते भएका लाल वचनको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
धादिङ, १० असोज
ज्वालामूखी गाउँपालिका-६ सातभञ्ज्याङ बस्ने ४५ वर्षीय अर्जुन अर्यालको घरमा जुवातास खेलिरहेको अवस्थामा अर्जुन समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ४ सय ९० रूपैयाँ र २ सय १५ पत्ति तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं / झापा, गौरादह नगरपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीय लाल बहादुर श्रेष्ठको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२२ तीन नम्बर पुलस्थित सडकमा ना.६ ख ३६४४ नम्बरको ट्रकले बा.प्र ०२-०६५ प ७५७५ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटर चालक मोरङ लेटाङ नगरपालिका-१ बस्ने ३५ वर्षीय योगेन्द्र मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका-४ चारदोबाटोस्थित साझा पेट्रोल पम्प नजिक सडकमा बा.६६ प ४६६० नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक काठमाडौं जडिबुटी बस्ने सर्लाही घर भएका २८ वर्षीय सतेन्द्र कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ टाइगर चोकस्थित सडकमा ना.१ ह ६३४६ नम्बरको ई-रिक्सा अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा ई-रिक्सामा सवार सोही नगरपालिका-१६ पडसवा बस्ने २८ वर्षीया ममता जैसवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-११ भैष्टास्थित सडकमा लु.१९ प २२८२ नम्बरको मोटरसाइकल र लु.३७ प.८६९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा लु.१९ प २२८२ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-११ रेहरा बस्ने ५० वर्षीय सत्तार अलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.३७ प ८६९७ नम्बरको मोटरसाइकल चालकको सिद्धार्थ सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
बारा / कोल्हवी नगरपालिका-३ जुगुवा टोल बस्ने श्याम रामको छोरा १० वर्षीय आकाश रामको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा टिभि चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं / बाँके, राप्ती सोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम साउरे बस्ने ६२ वर्षीय तार्के तामाङ सोही ठाउँस्थित बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं / काभ्रे, नमोबुद्ध नगरपालिका-४ साहु टोल बस्ने ६३ वर्षीय हरिकृष्ण शिलवालको गोठमा शुक्रबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० बस्ने कलिराम चौधरीको पसलमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, रामधुनी नगरपालिका-२ तित्रीवन बस्ने मो. रसुल मियाको गुहाली र भान्सा घरमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाजुरा, गौमुल गाउँपालिका-६ बसला बस्ने जया रोकायाको घर नजिकै रहेको भान्सा कोठामा विद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया