October 2, 2026, 3:29 pm
» कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर, ठमेलमा २० प्रतिशतसम्म छुट » साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से » ह्वेलको ठक्करले याट डुब्यो, १८ घण्टापछि चार जनाको जीवितै उद्धार » पराजयलाई सिकाइका रूपमा लिएका छौं: बादल » मौसम खुलेसँगै निखरियो डोल्पा सदरमुकाम दुनैको सौन्दर्य

विषालु च्याउ खाँदा एक जनाको मृत्यु

साउन १९, २०८३ मा प्रकाशित | ६९०४ दर्शक तीव्रखबर

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका –०७ धम्कनेमा विषालु जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना बिरामी भएका छन् ।

विषालु जंगली च्याउ खाएका स्थानीय ५१ वर्षीय रामे थापा र उनको करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा बिरामी परेका थिए । उनीहरूलाई राति १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।

अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन् । गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *