September 19, 2024, 4:42 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

नक्कली लाइसेन्स प्रकरणका अभियुक्त पाण्डे प्रहरीको आँखा छल्दै फरार

भदौ २८, २०८१ मा प्रकाशित | ६२०दर्शक तीव्रखबर

काठमाडौं, : । नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) प्रकरणका एक जना अपराधीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआइबी) ले खोजेको महिनौं भईसक्यो ।

प्रहरीको फरार सूचिमा रहेका लक्ष्मण पाण्डे नाम गरेका कम्युटर अपरेटर भने खुलेआम घुम्दै हिंडेको भेटिएको छ ।

सीआइबीले नै एक लाख बढी नक्कली लाइसेन्स वितरण गरिएको र दशौं करोडको घोटाला भएको ठहर गरेको प्रकरणका एक अभियुक्त पाण्डे बुटवल यातायात कार्यालयका कम्प्युट अपरेटर थिए ।

उनी कार्यरत कार्यालयबाट पनि हजारौं नक्कली लाइसेन्स वितरण भएको र त्यसमा उनी प्रत्यक्ष संलग्न रहेको सीआइबीको निष्कर्ष छ ।

पाण्डे पक्राउ पर्दा नक्कली लाइसेन्स प्रकरणमा जोडिएका माथिल्लो तहका कर्मचारी र राजनीतिक व्यक्तिहरुको कर्मचारी र राजनीतिक ब्यक्तिहरुको समेत पर्दाफास हुनसक्ने ठानिएको छ ।

सोही कारण उनलाई फरारको सूचिमा राखेर अन्देखा गरिएको हो कि भन्ने आशंका ब्यापक छ ।

सीआइबीले दायर गरेको मुद्धाको अभियोगपत्रमा करारका कर्मचारी पाण्डेको विशेष भूमिका खेलेको अभियोगपत्रबाट खुल्न आउँछ ।

यातायात कार्यालय बुटवलकै तत्कालीन कार्यालय प्रमुख केशव अर्याल तथा अन्य कर्मचारीहरु पदमराज आचार्य, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डेलगायत पक्राउ परेर उनीहरु पुर्पक्षका लागि थुनामा समेत गईसक्दा लक्ष्मण पाण्डे भन्ने सवै भन्दा तल्लो तहको कर्मचारी भने पक्राउ नपर्नुलाई आश्चर्य मानिएको छ ।

सीआइबीले पक्राउ नगरी फरार भनेका पाण्डे भने कहिले बुटवल त कहिले काठमाडौं गरिरहेकै छन् ।

गत आइतबार पनि उनी अनामनगरको एउटा अनलाइन मिडियाको कार्यालयमा फेला परेका थिए ।

कतिसम्म भने उनी पक्राउ पर्नबाट जोगिन जति लाग्छ खर्च गर्न तयार रहेको बताउँदै हिडेको बुझिएको नेपालीपत्रमा खबर छ ।

त्यसका उनले अर्थमन्त्री विष्णु पौडेललाई प्रयोग गर्न खोजिरहेको पनि उच्च स्रोतले बताएको छ ।

स्याङ्जा विर्घाका अभियुक्त लक्ष्मण पाण्डेलाई बोकेर यति बेला नेकपा एसका नेता एवं अर्का विर्घाली पाण्डे सोमप्रसाद पाण्डे नेताहरुकहाँ धाईरहेको भन्ने स्रोतको भनाइ छ ।

प्रतिक्रिया