October 22, 2026, 5:52 am
» उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी ! » दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

मन्त्रीहरूको टुंगो लाग्यो, अब सरकारमा जान्छौँ : कोशी कांग्रेस

भदौ २६, २०८१ मा प्रकाशित | २७६०४ दर्शक तीव्रखबर

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले कोशी प्रदेश सरकारमा बिहीबारसम्म नेपाली कांग्रेसका मन्त्रीहरू नियुक्त भइसक्ने बताएका छन्।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले बुधवार बसेको कांग्रेसको पदाधिकारीको बैठकले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको बताए। केन्द्रबाट नाम आउने बित्तिकै सरकारमा मन्त्रीहरूलाई सहभागी गराइने उनले बताए।

कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका सभापति थापाले कोशी प्रदेशमा मन्त्रालय नबढाउने प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच सहमति भएको जानकारी दिँदै दुवै पार्टीबाट दुई–दुई जना राज्यमन्त्री राखिने सहमति भएको जानकारी दिए।

तत्काल मन्त्रालयको संख्या नबढाइए पनि १३ सदस्यीय मन्त्रिमण्डल बन्ने र कांग्रेस सरकारमा सहभागी भएको केही समय पछि मन्त्रालयको संख्या समेत बढाउन सकिने उनले बताए।

थापाले पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीसँग समन्वय नगरी आन्दोलन सुरु गरेका भए पनि यसलाई राजनीतिक रंग दिने भन्दा सहमतिमा टुंग्याउने प्रयास भइरहेको धारणा राखे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *