तीव्रखबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दसैँको शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
राष्ट्रपतिले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका तथा जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रतिक्रिया