September 20, 2024, 7:20 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

सुनसरीबाट करीब ४८० केजी गाँजा बरामद

भदौ २६, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

सुनसरी । सुनसरी जिल्लाको भोक्राहा नरसिँह गाउँपालिका-८ स्थित हुलाकी मार्गबाट भाद्र २६ गते सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक भने फरार भएका थिए । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यसअघि सशस्त्र प्रहरीले भाद्र २५ गते सोही जिल्लाको बराहक्षेत्र नगरपालिका-६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ के.जी गाँजा बरामद गरेको थियो ।

प्रतिक्रिया